काठमाडौं– पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल)मा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा चितवनलाई जित दिलाउन सोहेल तन्वीर, रिजन ढकाल र लुक बेन्केनस्टेइनले समान तीन विकेट लिए । एक विकेट दीपक बोहराको नाममा रह्यो ।