चन्द्रागिरी हिल्स लिमिटेडको सेयर (आईपीओ) बाँडफाँट सकिएको छ । शुक्रबार गरिएको सेयर बाँडफाँटमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दर सेयर पाएका छन् ।
१२ लाख ११ हजार ११५ जना आवेदेकमध्ये १० लाख ७१ हजार ५१३ जना भने खालि हात भएका छन् ।
चन्द्रागिरीले १५ लाख ३४ हजार ९१ कित्ता सेयर खुला गरेको थियो । जसमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीलाई छुट्याएको थियो । पुस २४ देखि २८ गतेसम्म खुलाइएको आवेदनमा २ करोड २८ लाख २० हजार २१० कित्ता माग भएको थियो ।
आईपीओ परेको थाहा पाउन बिक्री प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटल्स, सेयरसंसार तथा नेपाली पैसाको वेबसाइटमा गएर थाहा पाउन सकिन्छ ।