धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु

राम्रो अनलाइन     ११ फागुन २०८२, सोमबार
धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु

धनुषा – धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार (फागुन ११) मोटरसाइकल दुर्घटना हुँदा ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । 
    
महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन् । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए । 

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया