दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

राम्रो अनलाइन     १७ कात्तिक २०८२, सोमबार
दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं– दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।

रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।

नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया