दयाहाङ र मिरुनाको ‘घर ज्वाइँ’ को सुटिङ सुरु

राम्रो अनलाइन     ०६ फागुन २०८०, आइतबार
दयाहाङ र मिरुनाको ‘घर ज्वाइँ’ को सुटिङ सुरु

काठमाडौँ– अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले फिल्म ‘घर ज्वाईं’ को छायांकन सुरू गरेका छन्। निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालिएको हो । 

मगर संस्कृतिमा आधारित हुने फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ।  अनिल बुढामगर निर्देशित फिल्ममा दयाहाङ र  मिरूनासँगै बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन , सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायत कलाकारको अभिनय रहनेछ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगरले लेखेका हुन्। पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन्। फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द, संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने छ। 
 

प्रतिक्रिया