काठमाडौँ– दयाहाङ राई र दीया पुन स्टारर सोसल–ड्रामा ‘दयारानी’को प्रियिमर गरिएको छ । पोखराको मिडनाइट सिनेमाजमा आइतबार बेलुका आयोजित प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।
प्रिमियरमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, फिल्मका लेखक तथा निर्देशक माओत्से गुरुङ, नायिका दीया पुन उपस्थित थिए ।
प्रिमियर शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । फिल्म हेर्न आएका अधिकांश अतिथीहरुले फिल्मको कथावस्तु मन परेको बताए । प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका किरण गुरुङले फिल्मको कथा पक्षको प्रशंसा गरे ।
बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । यो फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यु आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ ।