एनपिएलमा ३९ वर्षीय तान्विरको कीर्तिमान

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
एनपिएलमा ३९ वर्षीय तान्विरको कीर्तिमान

 

काठमाडौं– पाकिस्तानी बलर सोहेल तान्विर नेपाल प्रिमियर लिग (एनपिएल)को एकै इनिङ्समा पाँच विकेट लिने पहिलो बलर बनेका छन्। 

३९ वर्षीय पेसर तान्विरले सोमबार काठमाडौं गुर्खाजविरुद्ध उक्त उपलब्धी हासिल गरेका हुन्। चितवन राइनोजको जर्सीमा मैदान उत्रिएका उनले पाँच विकेट लिन चार ओभरमा २१ रन मात्रै खर्चिए।

उनले मिचेल लेभिटलाई २५, स्टीफन इस्किनाजीलाई दुई तथा करण केसी, भीम सार्की र साहब अलामलाई समान एक रनमा पभिलियन फर्काए।

 

प्रतिक्रिया