एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

राम्रो अनलाइन     ०५ जेठ २०८१, शनिबार
एपीएफले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

 

काठमाडौं– ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिपको फाइनलमा सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनाएको हो ।

एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् । ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।

सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एकरएक विकेट लिए । एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चि एपीएफसँग पराजित भएको थियो । एपीएफले यसअघि लगातार दुई संस्करणको उपाधि जितिसकेको छ ।
 

प्रतिक्रिया