गायन, अभिनय र मोडलिङमा करिअर बनाउँदै संगीता 

राम्रो अनलाइन     ०५ माघ २०८१, शनिबार
गायन, अभिनय र मोडलिङमा करिअर बनाउँदै संगीता 


धादिङ सल्यानटारकी संगीता पाख्रिन प्रतिभाकी त्रिमूर्ती हुन् । उनी गायन, मोडलिङ र रेडियो कार्यक्रम प्रस्तोता पनि हुन् । जनता एफएममा कार्यक्रम सञ्चालन गर्ने उनले केही गीतमा स्वर दिएकी छिन् भने दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय पनि गरेकी छिन् । उनी सर्ट फिल्ममा अभिनय पनि गर्छिन् । उनले केही सन्देशमूलक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसैगरी संगीताले फूलमती, सहरीया बुहारी, विदेशी बुहारी लगायत टेलिफिल्म अभिनय गरेकी छिन् । उनले उत्कृष्ट म्युजिक भिडियोको अवार्ड समेत प्राप्त गरेकी छिन् । उनी ब्युटिसियन पनि हुन् । उनले काठमाडौंको बौद्धमा लक्की ब्युटी पार्लर पनि सञ्चालन गरिरहेकी छिन् । उनले कही टेलिसिरियलमा पनि काम गरेकी छिन् । तर, र्‍याम्प मोडलिङमा भने उनी नयाँ हुन् । मोडल सुपरस्टारमा भाग लिएर उनी मोडलिङ सम्बन्धी विविध पक्षका बारेमा जानकारी लिन चाहन्छिन् । प्रतियोगिताको ट्रेनिङका क्रममा उनले थुप्रै ज्ञान हासिल गरेको बताइन् । उनी अभिनय र मोडलिङमै करिअर बनाउने बताउँछिन् । ‘यस्ता प्रतियोगिताहरूमा भाग लिँदा आफूलाई ग्रुमिङ गर्न सकिने रहेछ उनी भन्छिन्, ‘सबैको साथ र सहयोग पाएमा प्रतियोगितामा विजेता हुने लक्ष्य लिएको छु ।’ संगीता प्रभु यशुलाई मान्छिन् । उनी प्रभुले आफ्नो मोडलिङ करिअरलाई अघि बढाउन साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यो फिल्डमा लागेको बताउँछिन् ।

प्रतिक्रिया