ग्लोबल आइएमई बैंकका थप तीन शाखा विस्तार

राम्रो अनलाइन     १७ चैत २०७७, मङ्गलबार
ग्लोबल आइएमई बैंकका थप तीन शाखा विस्तार

ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३ परासी, मोरङको विराटनगर महानगरपालिका–४ कञ्चनबारी र झापाको भद्रपुर नगरपालिका–५ भद्रपुरमा शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।
बैंकले विस्तार गरिएका तीन वटै शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ । हाल बैंकले २७३ शाखा, २४२ एटिएम, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २५७ शाखारहित बैंकिङमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
 

प्रतिक्रिया