हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत   

रासस     ०८ फागुन २०७७, शनिबार
हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत   

हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिएको शुक्रबार आयोजना गरिएको आठौँ नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको रु पाँच करोड ४२ लाख ५३ हजार ६६० मध्ये रु दुई करोड ९० लाख ६६ हजार ८२२ तथा पूँजीगततर्फ रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन भएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको हो     
    
गत साउन गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत पूँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिइन् । शिक्षा शाखाका लागि रु १९ करोड ९५ लाख विनियोजन भएकामा रु सात करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि रु ५२ लाख विनियोजन भएकामा रु एक लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि रु पाँच करोड ७१ लाख विनियोजन भएकामा रु दुई करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन गरिएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको रु २० लाख विनियोजन गरिएकामा रु पाँच लाख ९४ हजार ६९० खर्च भएको     
    
नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण पुष्ट्याइसहित संशोधन गरेको रु तीन लाख ५० हजार विनियोजन गरिएको कालिकादेवीथानधोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको     
    
रु एक लाख विनियोजन गरिएको ताराखसेगैरीगाउँआहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको

प्रतिक्रिया