जाजरकोटमा सिटिजन्सको शाखारहित बैंकिङ सेवा 

राम्रो अनलाइन     २९ पुस २०७७, बुधबार

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड नगरपालिका कालीमाटी बजारमा पुस २४ गतेबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । 
बैंकले कालीमाटी बजारमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइनेछ । 

बैंकले हाल १ सय ९ वटा शाखा, १ सय ७ शाखारहित बैंकिङ, ९८ वटा एटीएमबाट ा ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया