झापा ५ बाट बालेनले गराए उम्मेदवारी दर्ता

राम्रो अनलाइन     ०६ माघ २०८२, मङ्गलबार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा ५ मा उम्मेदवारी दिएका छन् । 

उनले आज निर्वाचन कार्यालय झापा पुगेर उम्मेदवारी  दर्ता गराएका हुन् । यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका छन् । ओली पनि दिउँसो १ बजे मनोनयन दर्ता गराउँछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया