कान्स फिल्म फेस्टिभल : रेडकार्पेटमा चम्किए स्टार (तस्बिरहरू) 

राम्रो अनलाइन     ०२ जेठ २०८१, बुधबार
कान्स फिल्म फेस्टिभल : रेडकार्पेटमा चम्किए स्टार (तस्बिरहरू) 


काठमाडौं– फिल्म लिजेन्ड मेरिल स्ट्रिपलाई मानार्थ पाम(दे ओर सम्मान प्रदान गर्दै कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करण फ्रान्समा सुरु भएको छ । नेपाली समयानुसार मंगलबार राति भएको फेस्टिभलको ओपनिङ समारोह भव्य देखियो ।

सम्मान ग्रहण गर्दा स्ट्रिपका आँखा हर्षासुले भेरिएका थिए । उनले भनिन्, ‘म ४० वर्ष लाग्दै थिएँ र मलाई मेरो करिअर सकिएको जस्तो लागेको थियो ।’ दुई मिनेटसम्म गड्गडाहट ताली र स्ट्यान्डिङ ओभेसनसहित उनलाई सम्मान प्रदान गरियो ।

७४ वर्षीया ओस्कार विजेता अभिनेत्री यो सम्मानपछि खुसीले स्टेजमै नाचेकी थिइन् । फ्रान्सेली स्टार जुलिएट बिनोचेले उनलाई सम्मान प्रदान गरिन् । बिनोचेले स्ट्रिपलाई ‘अन्तर्राष्ट्रिय खजाना’ भएको बताइन् ।

समारोहमा स्ट्रिप ‘स्टार वार्स’ फेम्ड हलिउड निर्देशक जर्ज लुकाससँगै सहभागी थिइन् । फेस्टिभल समापन समारोहमा पनि लुकासलाई मानार्थ पाम(दे ओर प्रदान गर्ने तयारी छ ।

स्ट्रिप पाँच दशक लामो करिअरमा कीर्तिमान २१ पटक ओस्कार मनोनित भएकी छन्, जसमध्ये तीन अवार्ड उनले जितेकी छन् । ओपनिङ समारोहअघि स्ट्रिपसहितका सेलिब्रेटी रेडकार्पेटका आकर्षण बने ।

१० दिनसम्म चल्ने महोत्सवमा अन्तर्राष्ट्रिय सेलिब्रेटीले फेसन प्रस्तुत गरे । ओपनिङ फिल्मको रुपमा लि सिडु स्टारर ‘सेकेन्ड एक्ट’ रह्यो । यो फिल्मको कास्ट एन्ड क्रू पनि रेडकार्पेटमा सहभागी भए ।

प्रतिक्रिया