कान्स रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या (तस्बिरहरू) 

राम्रो अनलाइन     ०४ जेठ २०८१, शुक्रबार
कान्स रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या (तस्बिरहरू) 


काठमाडौं– नेपाली समयानुसार बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित गरेकी छन् ।

हलिउडका महान् फ्रान्सिस फोर्ड कोप्पला निर्देशित साइन्स फिक्सन फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि ऐश्वर्या रेडकार्पेटमा सहभागी थिइन् । सुनौलो ढाँचाले सजिएको कालो गाउनमा उनले सौन्दर्यको जादू कान्सको रातो गलैंचामा छरिन् ।

उनको रेडकार्पेट लुक्सलगत्तै इन्स्टाग्राम, एक्स, रेडिट लगायत सामाजिक सञ्जालमा छरिए । उनको गाउन, फाल्गुनी र शेन पीककद्वारा डिजाइन गरिएको र सुनौलो फूलले सजाइएको थियो । ऐश्वर्याले स्टेटमेन्ट गोल्डेन झुम्का लगाएकी थिइन् ।

ऐश्वर्या पहिलोपटक सन् २००२ मा कान्समा सहभागी थिइन् । त्यसपछि उनी लगातार फेस्टिभलमा सहभागी हुँदै आएकी छन् । यसपटकको ७७ औं कान्समा ज्याकलिन फर्नान्डिज, सोनम कपुर लगायतका बलिउड अभिनेत्री पनि पुग्ने तयारीमा छन् । कान्स फिल्म फेस्टिभल मात्र नभएर त्यहाँ विश्व फेसनको सौन्दर्य पनि देख्न सकिन्छ ।

प्रतिक्रिया