किसान लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
किसान लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल 

किसान लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले एफपीओमार्फत १२ लाख ९८ हजार २५९ कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्दै छ । उक्त धितोपत्र निष्कासनसम्बन्धी सम्झौतामा किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे । 
किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ५२ करोड २६ लाख र चुक्ता पँुजी  ३९ करोड २८ लाख रुपैयाँ छ । सर्वसाधारणलाई थप एफपीओमार्फत शेयर जारी गरेपछि संस्थाको चुक्ता पँुजी ५२ करोड २६ लाख पुग्नेछ । 
 

प्रतिक्रिया