कोरोना संक्रमणबाट एकै दिनमा अहिलेसम्मकै धेरै २५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमित संख्या ९,४८३
राम्रो अनलाइन     २८ वैशाख २०७८, मङ्गलबार
कोरोना संक्रमणबाट एकै दिनमा अहिलेसम्मकै धेरै २५५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया