कुमारी बैंक–केजीएच ग्रुप  सहकार्य

राम्रो अनलाइन     १७ फागुन २०७७, सोमबार
कुमारी बैंक–केजीएच ग्रुप  सहकार्य

कुमारी बैंक र केजीएच ग्रुपबीच होटलका विशेष सेवामा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ ।
बैंकले ग्राहकलाई सहकार्यमार्फत केजीएच ग्रुपअन्तर्गतका होटल, यात्रा एजेन्ट र संग्रहालय सेवामा छुटको प्रावधान रहेको बताएको छ । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकले केजीएच ग्रुपअन्तर्गतका होटल रेस्टुरेन्टमा खानपान, स्पा सुविधा  र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल १ सय ९२ शाखा, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया