ललितपुरमा महिला हस्तकला मेला हुँदै

राम्रो अनलाइन     २१ फागुन २०७७, शुक्रबार
ललितपुरमा महिला हस्तकला मेला हुँदै

‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको संवद्र्धन’ नारासहित १११ औं अन्तराष्ट्रिय महिला दिवस अवसरमा ललितपुरमा महिला हस्तकला मेला हुने भएको छ । 
ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा फागुन २२ देखि २४ गतेसम्म मेला सञ्चालन गरिने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 
मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिस्टलका सामान, हाड र सिङका वस्तु, बिड्सका सामान, ऊनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामग्रीलगायत करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सवितासिंह महर्जनले जानकारी दिइन् । 
मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादन एवं कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपांगता भएका महिलाका उत्पादन रहने उनले बताइन् ।
महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन, नेपालको पहिचानअनुरूप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी, व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराएर स्थानीय स्तरमा हस्तकलाको बिक्री र अन्तर्राष्ट्रिय बजारमा  निर्यात प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । 
मेला उद्घाटन ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया