लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

राम्रो अनलाइन     २३ मंसिर २०८१, आइतबार
लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

 

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आइतबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रन बनायो। 

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए भने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भएका थिए । शुभ कंशाकार २२ रनमा अविजित रहे।

अहिलेसम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ। बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिएका थिए।

अहिले जनकपुरविरुद्ध लुम्बिनीले ब्याटिङ गरिरहेकाे छ।

प्रतिक्रिया