मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

राम्रो अनलाइन     ०६ माघ २०८०, शनिबार
मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी


काठमाडौँ–सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ । बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका  विरुद्ध दुई  गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरे।

यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाउँदैछ । 

सशस्त्र प्रहरीले  सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल छन्।
 

प्रतिक्रिया