मेलिना राईले गरिन् इन्गेजमेन्ट

राम्रो अनलाइन     ०३ माघ २०८१, बिहिबार
मेलिना राईले गरिन् इन्गेजमेन्ट

 

काठमाडाैं – चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्। मेलिनाले ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। यी दुईको विवाह शुक्रबार हुँदैछ।

काठमाडौं गोकणेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ। परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ। 

सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन्। 

प्रतिक्रिया