मिस एसइइको नवौँ संस्करण भव्यताका साथ सम्पन्न 

राम्रो अनलाइन     १८ असार २०८१, मङ्गलबार
मिस एसइइको नवौँ संस्करण भव्यताका साथ सम्पन्न 


पोखरा–इभेन्ट फर यु को आयोजनामा  मिस एसईको नवौँ संस्करण पोखरमा भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा सृर्जना बोर्डिङ स्कुलकी युजिन घले  ‘नवौँ मिस एसइइ पोखरा’ को उपाधि जित्न सफल भएकी छिन् ।  उपाधिका साथै उनले ‘बेस्ट क्याटवाक’, मिस ट्यालेन्ट एवं मिस  भीओर च्वाइसको अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छिन् 

प्रतियोगितमा फस्र्ट रनरअपमा शिशु निकेतन सेकेण्डरी इङ्गलिस स्कुलकी श्रेया मल्ल र सेकेन्ड रनर अपमा पीस जोन एकेडमीकी रोजिना चोखाल बिजेता बनिन्।
श्रेयाले ‘मिस पर्सनालिटी’ एवं  ‘बेस्ट ड्रेस अवार्ड’ पनि जित्न सफल भइन । 

रोजिनाले ‘मिस फोटोजेनिक’ अवार्ड  जितिन् । सात वटा मात्र  सब टाइटल रहेको यस प्रतियोगतामा  ‘मिस बेस्ट स्माइल’ अवार्ड जियाना आर्चायले प्राप्त गरिन् ।  वरिष्ठ पत्रकार एवं फेसनन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको ‘नवौँ मिस एसइइ पोखरा’ को निर्णायक मण्डलमा बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. निरज दुबे, चर्चित लोकगयिका सुनिता  दुलाल , वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठ , जेसिज पोखराका अध्यक्ष देवराज शर्मा एव मिस एसएलसी पोखरा २०१६ प्रेरणा पराजुली रहेका थिए । 

नेपाल फेशन एकेडमीको सहकार्य रहेको नवौँ मिस एसइइ पोखराको एजुकेसन पार्टनर लिटल स्टेप सेकेन्डरी बोर्डिङ स्कुल एव लिङ्कन कलेज रहेको र विजेता हरूलाई २  लाख बराबर को छात्रवृत्ति प्रदान गरेको आयोजक विशाल गुरुङले जानकारी दिए । 

 

प्रतिक्रिया