मोटरसाइकल दुर्घटनामा अनुसन्धानका दुई कर्मचारीको मृत्यु

राम्रो अनलाइन     ०२ वैशाख २०७८, बिहिबार
मोटरसाइकल दुर्घटनामा अनुसन्धानका दुई कर्मचारीको मृत्यु

बागमती । राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत  बाराको पिप्लेको  बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा दुवैको   मृत्यु भएको हो । पथलैयाबाट निजगढतर्फ  ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा बालगङ्गामा सो दुर्घटना भएको बताइएको छ ।

सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया