मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

राम्रो अनलाइन     १७ फागुन २०७७, सोमबार
मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।
अफरअन्तर्गत फागुन १६ देखि फागुन २३ गतेभित्र बैंकको महिला पेवा बचत खाता खोले निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । 
ग्राहकले डेबिट कार्डका लागि फाराम या आवेदन यही अफर समयावधिभित्र भर्नुपर्ने बैंकले जनाएको छ । नारी विशेष अफरका साथै ग्र्राहकले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । 
 

प्रतिक्रिया