नेपालमा छायांकन गरिएको भारतीय फिल्मको ट्रेलर सार्वजनिक

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
नेपालमा छायांकन गरिएको भारतीय फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौँ– नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको  ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ। शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्ममा वरूण तेज र मानुषी छिल्लरको मुख्य भूमिका छ। फिल्मको कथा शक्तिप्रताप सिंह हाडा, आमिर खान र सिद्धार्थ राज कुमारले लेखेका हुन्। 

हरि के भेदान्तमले छायांकन गरेको फिल्मलाई नविन नूलीले सम्पादन गरेका छन्। फिल्मका लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन्। उनका अनुसार यो फिल्म लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोकको जुगल हिमाल र परिधिमा छायांकन गरिएको थियो ।

अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट नेपालको सबै दृश्य खिचिएको हो। तेलुगु, तलिम, मलयालम, कन्नड र हिन्दी भाषामा यो फिल्म मार्च १ अर्थात फागुन १८ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया