काठमाडौं – यसवर्षको ९६ औं ओस्कार अवार्ड ‘ओपेनहाइमर’ले जितेको छ । आणविक बमका आविष्कारक भौतिकशाष्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले ७ वटा विधामा अवार्ड हात पारेको हो ।
‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जितेको छ । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।
‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।