पहिलो पावरप्लेमा कर्णालीले बनायो ३१ रन

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
पहिलो पावरप्लेमा कर्णालीले बनायो ३१ रन

 

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सले पहिलो पावरप्ले (सुरुआती ६ ओभर) मा दुई विकेट गुमाएर ३१ रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीका लागि चाडविक वाल्टन आठ र बाबर हायत तीन रन बनाएर खेलिरहेका छन् ।

जनकपुरका लागि ललितनारायण राजवंशी र हर्ष थाकरले समान एक विकेट लिए ।

दोस्रो ओभरको दोस्रो बलमा ललितले देव खनाललाई बोल्ड गरे । देव एक रन बनाएर पेभेलियन फर्किए । 

पाँचौं ओभरको दोस्रो बलमा  हर्ष थाकरले जनकपुरलाई दोस्रो सफलता दिलाए । उनले १४ रन बनाएर खेलिरहेका शिखर धवनलाई बोल्ड गरे ।

प्रतिक्रिया