काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।
नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेपछि उनले आइतबार (चैत २९) यस्तो निर्णय गरेको बताएका हुन् ।
सोही क्रममा गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
नवलपुरका सहायक सीडीओ चिरञ्जीवी राना, एसपी युवराज खड्का, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए ।