पपुवा न्युगिनले नेपाललाई दियो १७२ रनको लक्ष्य

राम्रो अनलाइन     ३० फागुन २०८०, बुधबार
पपुवा न्युगिनले नेपाललाई दियो १७२ रनको लक्ष्य

 

काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिन (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।  हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।

पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।   नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक  विकेट लिए । 
 

प्रतिक्रिया