प्राणीशास्त्री चालिसेको ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक

राम्रो अनलाइन     १२ जेठ २०८२, सोमबार

काठमाडौँ–  प्राणीशास्त्री प्रा डा मुकेशकुमार चालिसेद्वारा लिखित पुस्तक ‘उमेरिँदाको कथा र व्यथा’ सार्वजनिक भएको छ ।

पुस्तकमा मानिसलाई बुढ्यौली लागेपछि हुने एक्लोपना र मानसिक स्वास्थ्य समस्याका बारेमा सामग्री छन् । पाका मानिसमा बुढ्यौली लागेसँगै विभिन्न किसिमका समस्या आउँछन्, पुस्तकमा त्यसलाई समाधान गर्ने उपायमाथि प्रकाश पारिएको लेखक चालिसेले  जानकारी दिए ।
 
‘बुढ्यौलीमा स्वास्थ्य समस्या आउँदा कतिपय मानिस निराश भइरहेका हुन्छन्, त्यस्तोमा स्वयम्ले कसरी आत्मबल बढाउने भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ,’ उनले भने । उमेर बढ्दै गएका पाकाले आफैँलाई दया गरौँ, पाका मान्छेमा छटपटीका कारण, साइटिका थामथुमका पाँच सूत्रे उपाय, पाका मानिसमा पिनासका समस्या र उमेर बढेकामा टाउका दुख्नाका कारण लगायत २८ वटा लेख पुस्तकमा समावेश गरिएको छ ।

प्रतिक्रिया