पुलिससँग सुदूरपश्चिम पराजित

राम्रो अनलाइन     १९ जेठ २०८१, शनिबार
पुलिससँग सुदूरपश्चिम पराजित

 

काठमाडौं– विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा पुलिस ३-० को सेटमा विजयी भएको हो। पुलिसले २५-२०,२५-१५ र २५-१६ ले सेट जित्यो ।पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ड भलिबल क्बललाई ३-१ को सेटमा पराजित गरेको थियो ।

हेल्प नेपालले पहिलो र दोस्रो सेट २५-२० र २५-१२ ले जितेको थियो। तर, तेस्रो सेट भने २७-२९ ले गुमायो । यद्यपि, चौथो सेट २५-२२ ले जित्दै हेल्प नेपालले विजयी सुरुआत गर्‍यो।

प्रतिक्रिया