पूँजीबजारले एकैदिन दुई नयाँ रेकर्ड कायम गरेको छ । नकारात्मक हल्लाका बाबजुद सकारात्मक बनेको सेयर बजारको नेप्से हालसम्मकै उच्च विन्दु र ठुलो परिणामको कारोबार भएको हो ।
नेप्से हालसम्मकै उच्च २५२४ विन्दुमा पुगेको हो । त्यस्तै आइतबार हालसम्मकै उच्च १० अर्ब बराबारको कारोबार भएको छ । साताको पहिलो दिन सेयरबजार समग्रमा सुखद भएको हो ।
राम्रा कम्पनीहरूको मूल्य घटाएर कब्जा गर्ने खेलअनुसार अनेक हल्ला र ुफेक इन्फरमेशनु सर्कुलेट गरेर बजारको वातावरण विथोल्ने र सेयरको बजारको गतिलाई रोक्ने प्रयास एउटा समूहबाट भइरहे पनि सेयर बजार आफ्नो लय र लिकबाट विचलित भएको छैन।
वर्तमान राजनीतिक अन्योल तथा संक्रमणलाई देखाएर नयाँ लगानीकर्ताहरूको मनोबल गिराउने कोसिस पनि सफल भएको छैन। लगानीकर्ताहरूको आत्मविश्वास र बजारको परिपक्क लयले बजारको वातावरण विथोल्ने प्रयास सफल हुन नसकेको हो। सेयर बजारमा लगानी र लामो अनुभव पनि भएका विज्ञहरू सेयर बजारको गति र लय निकै परिपक्क भएकोले डराउनुपर्ने कुनै अवस्था नभएको बताउँछन्। अहिले बजारको साइज कसरी बढेको छ, लगानीकर्ताको चाप कस्तो छ भन्ने कुरा अध्ययन नै नगरीकन एकथरीले पहिलेका बुल बिन्दुहरूसँग तुलना गरेर नकारात्मक टिप्पणी गर्नु गलत भएको उनीहरू बताउँछन्।