साउथ फिल्म ‘हनुमान’ आजबाट नेपालमा रिलिज

राम्रो अनलाइन     ०५ माघ २०८०, शुक्रबार
साउथ फिल्म ‘हनुमान’ आजबाट नेपालमा रिलिज

काठमाडौं– भारतमा निकै चर्चा पाइरहेको र राम्रो व्यापार गरिरहेको  फिल्म ‘हनुमान’ आज (शुक्रबार)बाट नेपालमा प्रदर्शन हुँदैछ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई रिलिज गर्न लागेको हो । 

प्रशान्त वर्माद्वारा निर्देशित ‘हनुमान’मा तेजा सज्जासँगै वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राय मुख्य भूमिकामा छन् । कसरी एक साधारण मानिसले अप्रत्यासित रूपमा महाशक्ति हासिल गर्छ र आफूभित्र नयाँ शक्ति पत्ता लगाउँछ भन्ने कथावस्तुमा फिल्म बनेको हो । यो क्षमता उसमा आइसकेपछि उक्त पात्र राम्रो र नराम्रोबीचको लडाइँमा उत्रिन्छ ।

अभिनेता तेजा सज्जाले हालै आफ्नो सुपरहिरो साइ–फाई फिल्म हनुमानको बारेमा कुरा गरेका थिए । समाचार एजेन्सी एएनआईलाई उनले भने, ‘सुपर हिरो फिल्म गर्ने विचार मेरो लागि धेरै रोमाञ्चक छ, यसको सम्पूर्ण प्रक्रिया निकै रोमाञ्चक रह्यो । यस फिल्ममा एक जवान केटाले भगवान हनुमानको कृपाले महाशक्ति प्राप्त गर्छ र त्यसपछि कसरी उसले आफ्नो लागि लड्छ भन्ने दर्शाइएको छ ।’

फिल्ममा बालबालिकाको मनोरञ्जनका लागि सुपरहिरो एक्सन सिक्वेन्स र धेरै कमेडी मिश्रण गरिएको छ । ‘यो हाम्रो इतिहास हो, सुपरहिरो तत्वसँग पनि जोडिएको छ । हामीले हाम्रो भारतीय इतिहासलाई सुपरहिरो कन्सेप्टसँग मिसाउने प्रयास गरेका छौं । त्यसैले यो निकै मनोरञ्जनात्मक फिल्म हो,’ उनले भने ।

कम बजेट अनि ठूला स्टार कास्ट नहुँदा पनि फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ। मकर सक्रान्तिको अवसरमा रिलिज भएको सुपरहिरो यस फिल्मले घरेलु बक्सअफिसमा ८० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।

प्रतिक्रिया