काठमाडौं : नेपाल एसबीआई बैंकले शेयरधनीहरूलाई चुक्ता पुँजीको ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा मंगलबार सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभामा ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरिएको हो ।
सभाले बैंकको आव ०७६/ ७७ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक विवरणलगायत पारित ग¥यो । साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आव ०७६÷७७ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
साधारणसभाले आव ०७७/ ७८ मा बैंकको लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।