श्रममन्त्रीका सवारी चालक पक्राउ

राम्रो अनलाइन     २९ वैशाख २०८३, मङ्गलबार
श्रममन्त्रीका सवारी चालक पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीका २७ वर्षिय मुस्ककिम मियालाई पक्राउ गरेको छ । अपहरण शरीर बन्धक कसुरमा सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका सप्तरी महादेव गाउँपालिका–३ का मिया श्रममन्त्री रामजी यादवका सवारी चालक समेत हुन् । सप्तरी प्रहरीको टोलीले उनलाई राजविराजबाट पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानका क्रममा मियाले पीडितलाई अपहरण गरेर नग्न बनार कुटपिट समेत गरेका थिए । प्रहरीले पीडितले अपमानजनक हुनेगरी कुटपिट गरेको भिडियो समेत प्राप्त गरेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको सप्तरीका एसपी मिलन केसीले जानकारी दिए । पक्राउ परेका मियाँलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले सात दिनको अनुमतिसमेत पाएको छ । प्रहरीको अनुसन्धानका क्रममा उनी श्रममन्त्रीको सवारी चालकका रुपमा नियुक्त भएपनि आफू प्रमुख राजनीतिक सल्लाहाकार भएको बताउने गरेको पाइएको छ । 

प्रतिक्रिया