सिमरा विमानस्थल आसपास आज पनि कर्फ्यू

राम्रो अनलाइन     ०४ मंसिर २०८२, बिहिबार
सिमरा विमानस्थल आसपास आज पनि कर्फ्यू

काठमाडौं– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन–जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

परिस्थिति थप बिग्रन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया