सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

राम्रो अनलाइन     २६ असार २०८१, बुधबार
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी

 

 

काठमाडौं –  नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । २८ असारमा प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो ।

यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्नेछ ।

 

प्रतिक्रिया