सल्यानमा बस दुर्घटना, १४ जना घाइते

राम्रो अनलाइन     ०५ वैशाख २०८१, बुधबार
सल्यानमा बस दुर्घटना, १४ जना घाइते

 

दाङ– दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ। रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन्। घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका हरी कार्यालय सल्यानले जनाएको छ। उनका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया