काठमाडौं– क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा आज पेशी तोकिएको छ । गत वैशाक २३ गते उच्च अदालत पाटनका मुख्य न्यायधीस नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले हेर्न नमिल्ने सूचीमा परेको थियो ।
मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । सो पुनरावेदनमा यसअघि ४ पटक पेसी तोकिएको भए पनि विभिन्न बहानामा सुनवाइ स्थगित भइरहेको छ ।