सुधन गुरुङमाथि छानबिनको समय पाँच दिन बढाइयो

राम्रो अनलाइन     १९ जेठ २०८३, मङ्गलबार
सुधन गुरुङमाथि छानबिनको समय पाँच दिन बढाइयो

काठमाडौं– तत्कालीन गृहमन्त्री एवम् सांसद सुधन गुरुङमाथि छानबिनका निम्ति सरकारले पाँच दिनको समय थपेको छ । मंगलबार (जेठ १९) देखि लागु हुने गरी पाँच दिनको समय थपिएको हो ।

आयोग सदस्य रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले काम नसकिएका कारण मागअनुसार पाँच दिनको समय थपिएको जानकारी दिए । ‘पाँच दिन म्याद थप भएको छ । प्रतिवेदन लेखनको काम भइरहेको छ । समय कम भएर पाँच दिन बढाइएको हो,’सदस्य नेउपानेले  भने । 

उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा रहेको छानबिन समितिले गुरुङको सम्पत्ति विवरण संकलन गरेर बयान समेत लिएको थियो ।

गएको वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट छानबिन समिति गठन गरिएको हो । समितिलाई सुरुमा दिइएको १५ दिनको समय दिइएको थियो । 

प्रतिक्रिया