‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा 

राम्रो अनलाइन     ०२ साउन २०८०, मङ्गलबार
‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा 

 

काठमाडौं– अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन् ।

नेपालका लागि आधिकारिक बिक्रेता ट्रु ड्रमा एसए प्रालिले ती उत्पादनहरु मंगलबारदेखि नै देशभर नै बिक्री वितरण प्रारम्भ गरेको छ ।

ट्रु ड्रमाका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले नै ‘ट्रु–मी’का उत्पादन समेत बिक्री वितरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

‘ट्रु–मी’का का उत्पादनलाई वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री वितरण सुरू गरेको र जसबाट बजारमा साकारात्मक प्रतिक्रिया पाएको उनले बताए । जसका कारण बजार विस्तारका लागि थप उत्साहित बनाएको उनले बताए ।

अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकै कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पाएको उनको दावी छ ।

नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् ।

कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु(मीका उत्पादन विश्वशनीय रहेको बताइन् ।

कम्पनीका अनुसार नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ‘ट्रु–मी’का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।

प्रतिक्रिया