उपसभामुखको शपथ साँझ ६ बजे

राम्रो अनलाइन     २७ चैत २०८२, शुक्रबार
उपसभामुखको शपथ साँझ ६ बजे

काठमाडौं – उपसभामुखको शपथ आजै (शुक्रबार, चैत २७) हुने भएको छ । 

राष्ट्रपतिको कार्यालयका अनुसार, साँझ ६ बजे शपथको कार्यक्रम तय भएको हो । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठबाट उपसभामुख चयन गरिनेछ ।

दुईतिहाइनिकट दल राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएपछि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ । 

उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा पनि उमेदवार छिन् ।
 

प्रतिक्रिया