वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

राम्रो अनलाइन     १० असार २०८१, सोमबार
वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

 

काठमाडाैं– दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर ८ खेलमा वेष्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेकाे छ।

वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि लेविस पद्धतिअनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो। सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो।

यो हारसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको छ। सुपर ८को समूह २ बाट दक्षिण अफ्रीका पहिलो र इङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन्। योसँगै समूह २ को समीकरण पूरा भएको छ।

प्रतिक्रिया