विवाह बन्धनमा बाँधिए सागर लम्साल

राम्रो अनलाइन     ३० असार २०८१, आइतबार
विवाह बन्धनमा बाँधिए सागर लम्साल

 

काठमाडौं–  कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । 

स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । 

लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् । 

प्रतिक्रिया