यी हुन् एपटिक मोडल सुपरस्टारको चौथो सिजनका प्रतियोगी 

राम्रो अनलाइन     ०९ असोज २०८१, बुधबार
यी हुन् एपटिक मोडल सुपरस्टारको चौथो सिजनका प्रतियोगी 


स्मार्ट गफ एपको आयोजनामा एपटिक मोडल सुपरस्टारको चौथो सिजनको फाइनल प्रतिस्पर्धा असोज ११ गते काठमाडौं बौद्धस्थित ‘बौद्ध हेरिटेज’ मा हुँदै छ । एपटिक टिकटकको जस्तै फिचर भएको सोसल मिडिया हो । यसका सञ्चालक रमेश शाही र मोडल प्रमिला सिलवाल हुन् । 

एपटिक मोडल सुपरस्टारको आयोजकमा मोडल प्रमिला सिलवाल र चर्चित ग्ल्यामर फोटोग्राफर सञ्जय रौनियार हुने भने प्रतियोगिताको निर्देशक रमेश शाही हुन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका छन् । प्रतियोगितामा फेसन डिजाइनरहरू सजिना बिष्ट, दुर्गा बिष्ट र समीक्षा लामिछानेले तयार पारेका ड्रेसमा मोडलहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने छन् । प्रतियोगितामा महिला र पुरुष गरेर ४० जना मोडलहरूले भाग लिएका छन् । राम्रो अनलाइनसँग प्रतियोगीहरूले आ–आफ्नो अनुभव शेयर गरेका छन् ।   
मोडल सुपरस्टार सिजन ४ का प्रतिस्पर्धीहरू 


१) शिशिर लामिछाने\वसन्त लामिछाने 


शिशिर र वसन्त जुम्ल्या दाजुभाइ हुन् । गोर्खाका स्थायीबासी उनीहरू इन्जिनियरिङ पढ्दै छन् । मोडलिङ उनीहरूको रुचीको क्षेत्र हो । टुर एण्ड ट्राभलको क्षेत्रमा पनि कार्यरत यी दाजुभाइको जोडीले मोडलिङ क्षेत्रमा मिलेर नै केही गर्ने सोच बनाएको बताए । ‘हामी जुम्ल्या दाजुभाइ हौँ सँगसँगै एउटै क्षेत्रमा अघि बढ्दा अरुहरूलाई मोटिभेसन होस भनेर सँगै मोडलिङमा लागेका हौँ’ उनीहरू भन्छन् । आफ्नो पढाइ, पेसा र मोडलिङलाई एक साथ अघि बढाउने उनीहरूले बताए । 

२) राजिव महर्जन 


काठमाडौं टेकुका स्थानीयबासी राजिवले होटल म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनी अहिले उनको बुबाले सम्हालिरहेको पुर्खौली पेसा रेस्टुरेन्टमा सहयोग गर्छन् । टुचा ढुकु नामक नेवारी रेस्टुररेन्ट अहिले तेस्रो पुस्तामा चलिरहेको छ । राजिव अहिले यही रेस्टुरेन्टमा काम गर्छन् । तर, उनलाई मोडलिङ क्षेत्रमा लाग्ने रुची थियो । मोडल सुपरस्टार उनका लागि गतिलो प्लेटफर्म भएको उनले बताए । उनलाई मानिसका अगाडि बोल्न धक लाग्थ्यो । कन्फिडेन्ट थिएन । यो प्रतियोगितामा भाग लिएर ट्रेनिङमा सहभागी हुँदा आफूमा धेरै कन्फिडेन्ट आएको राजिव बताउँछन् । टुचा ढुकुका विभिन्न आउटलेट खोल्ने र मोडलिङलाई पनि निरन्तरता दिने उनी बताउँछन् । 

३) सुवोध राम 


सर्लाही लालबन्दीका सुवोध राम बीबीए पढ्दै छन् । उनलाई मोडलिङमा औधी रुची छ । एसइइ आइकनमा भाग लिएका उनले आइसीसी रनवे फेसन सोमा पनि भाग लिएका थिए । मोडलिङमा करिअर बनाउन खोजिरहेकाहरूका लागि यस प्रकारका कार्यक्रम उपयोगी हुने सुवोध बताउँछन् । यो इभेन्टमा सहभागीहरूको खर्च पनि काम रहेको र उत्कृष्ट ट्रेनिङ दिइएको उनले बताए । उनी भविष्यमा उत्कृष्ट मोडल बन्ने आफ्नो सपना रहेको बताउँछन् । 

४) प्रवेश पाण्डे 


ललितपुरका प्रवेश पाण्डे ११ कक्षामा पढ्दै छन् । एसइइ दिएपछि टिन्स सुपरस्टारमा भाग लिएर फस्ट रनरअप भएका पाण्डे पढाइ र मोडलिङलाई सँगै लिएर जाने सोचाइका साथ यो कार्यक्रममा भाग लिएको बताउँछन् । अनलाइन मार्केटिङ पनि गर्ने उनी केही रकम आयआर्जन पनि गर्छन् । पढाइ नबिग्रने गरी मोडलिङमा लाग्न उनलाई घरपरिवारबाट पनि सर्पोट छ । यस्ता इभेन्टमा भाग लिँदा आफूमा कन्फिडेन्ट बढ्ने र केही नयाँ कुरा सिक्न पाइने उनी बताउँछन् । 

५) छेवाङ शेर्पा 


सिन्धुपाल्चोकका छेवाङ शेर्पा काठमाडौंको बौद्धमा बस्छन् । होटल म्यानेजमेन्टमा स्नातक गरेका उनले यसअघि चार वटा मोडलिङ सम्बन्धी सोमा भाग लिइसकेका छन् । यो उनको पाचौँ सो हो । उनले इण्डियामा पनि रनवे मोडलिङ गरिसकेका छन् । पर्सनालिटी डेभलपमेन्ट र ग्रुमिङका लागि यस प्रकारका सोहरू उपयोगी हुने उनको अनुभव छ । उनले केही प्रडक्ट एडमा पनि काम गरिसकेका छन् । सानैदेखिको रुचीको क्षेत्र भएकाले उनी मोडलिङमा नै करिअर बनाउने बताउँछन् । 

६) रोहित पोखरेल 


विराटनगरका रोहित पोखरेलले प्लस टु पास गरेका छन् । उनी सेफ हुन् । विभिन्न परिकारमा आफ्नो सीप देखाइरहेका उनी मोडलिङमा करिअर बनाउन सकिन्छ कि भनेर यो प्रतियोगितामा भाग लिएको बताउँछन् । खाना पकाउँदा पकाउँदा वाक्क भएको बताउने उनी ट्रेनिङका क्रममा हासिल गरेको ज्ञानले भविष्यमा आफूलाई कुनै पनि क्षेत्रमा क्रियाशील बनाउन मद्दत पुग्ने बताए । 

७) उत्सव कार्की 


कम्प्युटर साइन्समा स्नातक गरिरहेका रामेछापका उत्सव कार्कीलाई अभिनयमा एकदमै रुची छ । यस अघि उनले अल्टिमेट मोडल कम्पिटिसनमा भाग लिएका थिए । केही फेसन सोमा र्‍याम्प वाक गरेका उनी साइबर सेक्युरिटीमा दख्खल राख्छन् । तर, आफ्नो प्यासन मोडलिङ र अभिनय भएकाले यो क्षेत्रमा पनि क्रियाशील हुने उनी बताउँछन् । उनले थिएटर ज्वाइन गरेर एक्टिङ क्लास लिने सोच पनि बनाएका छन् । 

८) बिसुजंग ठकुरी 


सुर्खेतका बिसुजंग ठकुरीले प्लस टु पास गरेका छन् । उनी ब्लु डाइमन्ड सोसाइटीमा काम पनि गर्छन् । उनलाई सानैदेखि नाच्न मन पथ्र्यो । उनी मोडलिङमा करिअर बनाउन सोचेर नै यो प्रतियोगितामा भाग लिएको बताउँछन् । उनलाई घरपरिवारबाट पनि यो क्षेत्रमा लाग्न सर्पोट छ । 

९) विश्वास चौधरी 


होटल व्यवस्थापनमा प्लस टु गरेका चितवनका विश्वास चौधरीलाई सानैदेखि मोडलिङमा रुची थियो । पढाइका कारण उनले यो क्षेत्रमा टाइम दिन पाएका थिएनन् । चितवनमा भएका केही रनवे फेसन सोमा भाग लिएका उनी अहिले यो प्रतियोगितामा केही सिक्ने हिसाबले भाग लिएको बताउँछन् । योग्यता पुगेपछि मिस्टर सुपर नेशनलमा भाग लिने उनको सोच रहेको छ । ट्रेनिङका क्रममा नयाँ नयाँ कुरा सिक्न पाइरहेको उनले बताए । 

१०) जोन तामाङ 


दोलखाका जोन तामाङको हाइट लोभलाग्दो छ । उनी ६ फिट अग्ला छन् । जोकोहीले पहिलो पटक भेट्ने बित्तिकै उनलाई कस्तो राम्रो हाइट ! मोडलिङमा ट्राइ गरे हुने नि भनेर सल्लाह दिन्थे । त्यही भएर उनी पहिलो पटक यो प्रतियोगितामा भाग लिएको बताउँछन् । उनी म्युजिकमा पनि आफ्नो करिअर बनाउन तल्लिन छन् । गायनदेखि गिटार, ड्रम, पियानो आदि बजाउने उनी अब मोडलिङ पनि लाग्ने बताउँछन् । एक किसिमले भन्नुपर्दा बहुप्रतिभाशाली छन् जोन तामाङ । 

११) गणेश सिंह 


रुकुम पश्चिमका गणेश सिंह मार्केटिङ गर्छन् । स्वास्थ्य सम्बन्धी संस्थामा पनि काम गर्छन् । तर, उनी रुकुमबाट काठमाडौं आएको चाहीँ मोडलिङमा ट्राइ गर्नका लागि थियो । तर, उनले सोचेजस्तो भएन । काठमाडौंमा टिक्नका लागि उनले केही न केही आयआर्जन हुने काम गर्नु पर्ने नै भयो । त्यही भएर मार्केटिङ गरेको उनी बताउँछन् । यो प्रतियोगितामा भाग लिएपछि भने उनमा फेरी मोडलिङमा लाग्ने हिम्मत आएको बताउँछन् । उनले आफू मोडलिङ लागेको घरपरिवारलाई भने शेयर गरेका छैनन् । 

१२) संगीता पाख्रिन 


धादिङ सल्यानटारकी संगीता पाख्रिनले एक दर्जन जति म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन् । उनी ब्युटिसियन पनि हुन् । उनले काठमाडौंको बौद्धमा ब्युटी पार्लर पनि सञ्चालन गरिरहेकी छिन् । उनले कही टेलिसिरियलमा पनि काम गरेकी छिन् । तर, र्‍याम्प मोडलिङमा भने उनी नयाँ हुन् । मोडल सुपरस्टारमा भाग लिएर उनी मोडलिङ सम्बन्धी विविध पक्षका बारेमा जानकारी लिन चाहन्छिन् । प्रतियोगिताको ट्रेनिङका क्रममा उनले थुप्रै ज्ञान हासिल गरेको बताइन् । उनी अभिनय र मोडलिङमै करिअर बनाउने बताउँछिन् । 

१३) आकाश झा 


सप्तरीका आकाश झा आइटी इन्जिनियर हुन् । उनले स्वदेशी तथा विदेशी कम्पनीहरूमा सूचना प्रविधिका विभिन्न काम गरिसकेका छन् । तर, उनको प्यासनको क्षेत्र अभिनय र मोडलिङ पनि हो । यस अघि उनले फेस अफ नेपालमा पनि भाग लिएका थिए । सर्वनाम थियटरमा उनले तीन वटा नाटकमा अभिनय पनि गरिसकेका छन् । उनी यो प्रतियोगितामा भाग लिएर आफूलाई अझै ग्रुमिङ गर्न सहज भएको बताउँछन् । ट्रेनिङका क्रममा हासिल गरेका सीपले आफ्नो करिअर अघि बढाउन मद्दत पुग्नेमा उनी ढुक्क छन् । 

१४) आयुष्मा उप्रेती 


हेटौंडाकी आयुष्मा उप्रेती प्रोफेसनल मोडलभन्दा कुनै पनि एङ्गलबाट कम छैनन् । आकर्षक जीऊडाल भएकी उनी निकै सुन्दर छिन् । बीबीएस अध्यायनरत उनले मिस मकवानपुरमा पनि भाग लिएकी थिइन् । मोडलिङमा औधी रुची भएकी उनले पोर्टफोलियो फोटो सुट पनि गरेकी छिन् । मोडलिङका लागि चाहिने लुक र हाइट दुबै भएकी उनी निकै फरासिली छिन् । ‘नयाँ साथीहरूसँग छिट्टै घुलमिल हुनसक्छ, आयुष्मा भन्छिन्, ‘मोडलिङका लागि चाहिने कन्फिडेन्ट म मा छ ।’ यो प्रतियोगितामा भाग लिएपछि मोडलिङका बारेमा धेरै जानकारी हासिल भएको उनले बताइन् । प्रतियोगिताको क्रममा ट्रेनिङमा सिकेका कुरा आफ्नो व्यवसायिक जीवनमा लागू गर्ने आयुष्मा बताउँछिन् । 

१५) शिक्षा सुनार 


गुल्मीकी शिक्षा सुनारले शिक्षा विषयमा स्नातक गरेकी छिन् । उनी शिक्षिका हुन् । विद्यालयमा हेल्थ र अंग्रेजी विषय शिक्षण गर्ने उनी हेल्थसँग सम्बन्धित काम गर्ने प्रोजेक्टमा काम पनि गर्छिन् । गाउन, नाच्न रुचाउने उनी समाजमा केही सन्देश दिन आफूले मोडलिङमा लाग्ने सोच बनाएको बताउँछिन् । शिक्षकबाट विद्यार्थी र समाजले केही न केही सिकिरहेका हुन्छन् । त्यसैले म मोडलिङमार्फत पनि केही राम्रा कुरा विद्यार्थी र समाजलाई सिकाउन चाहन्छु उनी भन्छिन् । प्रतियोगितामा भाग लिएर मैले पनि धेरै नयाँ कुरा जान्ने अवसर पाएँ शिक्षा भन्छिन् । 

१६) प्रशंसा बुढाथोकी 


उदयपुरकी प्रशंसा बुढाथोकी कक्षा ११ मा पढ्दै छिन् । बिहान क्लास जान्छु, दिउँसो ट्रेनिङका लागि आउँछु प्रशंसा भन्छिन्, मोडलिङ रुचीको क्षेत्र भएकाले पढाइसँगसँगै यसलाई पनि अघि बढाउन प्रतियोगितामा भाग लिएको हुँ । भरखर एसइइ सकेर ११ पढ्दै गरेका हामीजस्ता टिनएजरहरूका लागि ग्रुमिङ हुने उपयुक्त अवसर यस्तै प्रतियोगिताहरू हुने प्रशंसा बताउँछिन् । ट्रेनिङका क्रममा आफूले धेरै नै नयाँ कुरा सिकेको बताउने उनी पढाइ र मोडलिङलाई एकसाथ अघि बढाउने बताउँछिन् । 


१७) प्रियंशा पाण्डे 


ललितपुर सुनाकोठीकी प्रियंशा पाण्डे उनका भाइले यो प्रतियोगितामा भाग लिएपछि उनी पनि भाग लिन आइपुगेकी हुन् । प्लस टु पास गरेकी उनी जर्मन भाषा अध्यायन पनि गर्दै छिन् । मोडलिङमा रुची भएकाले नै प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् । फरक फरक पृष्ठभूमिका थुप्रै नयाँ साथीहरू बनाउन पाएको भन्दै उनले ग्रुमिङ क्लास निकै उपयोगी भएको बताइन् । 

१८) प्रतिक्षा बस्नेत 


धनकुटाकी प्रतिक्षा बस्नेत किङ्स कलेजमा पढ्दै छिन् । फेसन डिजाइनर रनवेमा भाग लिइसकेकी उनलाई र्‍याम्प मोडलिङमा रुची छ । यो प्रतियोगिताका क्रममा र्‍यम्प मोडलिङ सम्बन्धी थुप्रै आधारभूत ज्ञान हासिल गर्न सकेकोमा उनी दंग छिन् । भविष्यमा प्रोफेसनल मोडल बन्ने उनको लक्ष्य छ । 

१९) मनिषा राजवंशी 


झापाकी मनिषा राजवंशी आफ्नो समूदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण यो क्षेत्रमा केही राम्रो गर्ने सोचका साथ प्रतियोगितामा भाग लिएको बताउँछिन् । समाजशास्त्रमा एमए गरेकी उनी शिक्षिका हुन् । सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको वीनर भएकी थिइन् । ‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइन्, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ यो प्रतियोगितमा भाग लिएर आफूलाई निकै नै ग्रुम गर्न सकिएको उनको अनुभव छ । फोटोजेनिक फेस भएकी उनका आँखा निकै सुन्दर देखिन्छन् । तस्बिरमा आकर्षक र बोल्ड देखिने उनी मोडलिङका लागि सम्भावना भएकी युवती हुन् । 

२०) सुमिला कुवँर 


सिन्धुपाल्चोककी सुमिला कुवँर पत्रकारिता विषयमा स्नातक गर्दै छिन् । उनलाई मिडियासँग सम्बन्धित काममा विशेष रुची छ । मोडलिङ पनि मिडिया रिलेटेड नै काम भएकाले उनी यसप्रति आकर्षित भएको बताउँछिन् । बच्चादेखिनै मोडलिङप्रतिको लगावका कारण उनी यो प्रतियोगितामा भाग लिएको बताउँछिन् । 

२१) अनिता कुमारी तामाङ


सर्लाहीकी अनिता कुमारी तामाङ स्नातक दोस्रो वर्षमा अध्यायनरत छिन् । मोडलिङमा लाग्ने तयारी गरिरहेकाहरूका लागि यस प्रकारका प्रतियोगिता उपयुक्त प्लेटफर्म हुने उनी बताउँछिन् । मोडलिङमा करिअर बनाउने सोचेर नै प्रतियोगितामा लाग लिएको उनले बताइन् । ट्रेनिङ सिकेका कुराले प्रोफेसनल लाइफमा निकै सर्पोट हुने उनको बुझाइ छ । 
 

२२) अलिशा बस्नेत 


भक्तपुरकी अलिशा बस्नेतले होटल म्यानेजमेन्टमा प्लस टू पास गरेकी छिन् । उनले करिब एक दर्जन जति फेसन सोमा र्‍याम्प वाक गरिसकेकी छिन् । मोडलिङमा आफूलाई अझै निखार्न उनी यो प्रतियोगितामा भाग लिएको बताउँछिन् । प्रतियोगितमा भाग लिएपछि प्राप्त गरिने तालिम र मोटिभेसनल क्लासले निकै फाइदा पुग्ने उनको अनुभव छ । ट्रेनिङ निकै उपयोगी रहेको उनले बताइन् । 

२३) सुस्मिता श्रेष्ठ 


सुस्मिता श्रेष्ठ चिरपरिचित कलाकार हुन् । सन् २०१७ मा मिस कोशी भएकी उनले थुप्रै फिल्महरूमा अभिनय गरी सकेकी छिन् । तर, पनि उनी यो प्रतियोगितमा भाग लिइरहेकी छिन् । आफूलाई ¥याम्प मोडलिङमा अभ्यस्त गराउन र केही नयाँ कुरा सिक्न उनी प्रतियोगितामा भाग लिएको बताउँछिन् । प्रतियोगितामा भाग लिएपछि आफूले नयाँ पुस्तासँग संगत गर्न पाएको र केही नयाँ कुरा सिक्न पाएको उनले बताइन् । 

२४) कल्पना महतो 


सिरहाकी कल्पना महतो बीबीए दोस्रो वर्षमा अध्यायनरत छिन् । उनी रोजगारी गर्दै आफ्नो पढाईलाई अघि बढाइरहेकी छिन् । मोडलिङमा उनको रुची भएकाले यो क्षेत्रमा पनि ट्राइ गरिरहेको उनी बताउँछिन् । मोडलिङ सम्बन्धी यसप्रकारका प्रतियोगितामा भाग लिँदा आफूमा कन्फिडेन्ट बढ्ने रहेछ कल्पना भन्छिन् । ट्रेनिङका क्रममा हासिल गरेको ज्ञान निकै नै उपयोगी लागेको छ उनलाई । 

२५) युमा घिमिरे 


युमा घिमिरे सिरहाकी हुन् । उनले प्लस टु गरेकी छिन् । आइसी फेसन डिजाइनर्स रनवेमा भाग लिएकी उनलाई मोडलिङमा लाग्नका लागि घरपरिबाट पनि सर्पोट छ । उनी मोडलिङमा करिअर बनाउन दत्तचित्त भएर लागि पर्ने बताउँछिन् । ट्रेनिङमा सिकेका सीपलाई व्यवहारमा उतार्ने उनले बताइने । 

२६) अलिशा लो 


मकवानपुरकी अलिशा लो सेल्फ कन्फिडेन्टका लागि यस प्रकारका प्रतियोगिता निकै उपयोगी हुने बताउँछिन् । मोडलिङमा रुची थियो तर कसरी इन्ट्री गर्ने भन्ने आइडिया थिएन अलिशा भन्छिन्, ‘यो प्रतियोगिता एउटा बाटो देखाई दिएको छ ।’ फेमली सर्पोट पनि रहेको बताउने उनी मोडलिङमा करिअर बनाउन कडा परिश्रम गर्ने बताउँछिन् । 

२७) ज्योति थेबे


झापाकी ज्योति थेबे बायोटेक्नोलोजीमा स्नातक गर्दै छिन् । पढाईसँगसँगै उनलाई मोडलिङ गर्न पनि मन छ । त्यही भएर यो प्रतियोगितमा भाग लिएको बताउँछिन् ज्योति । साइन्स पढ्न गाह्रो छ । प्रशस्त समय दिनु पर्छ । तर, पनि टाइम निकालेर मोडलिङ पनि गर्ने सोच छ । उनी भन्छिन् । प्रतियोतिको ट्रेनिङका क्रमम कसरी बस्ने, हिँड्ने, खानेसम्मका ज्ञान हासिल गर्न पाएर उनी दंग परेकी छिन् । आफूलाई ग्रुमिङ गर्न निकै सहयोग पुगेको उनले बताइन् । 

२८) समयन्तराज घिमिरे 


नवलपरासीका समयन्तराज घिमिरे सफ्टवेयर इन्जिनियरिङ गर्दै छन् । तर, उनलाई आफूले पढेको विषयका अतिरिक्त उनलाई अभिनय र मोडलिङमा पनि रुची छ । त्यही भएर उनी यो प्रतियोगितामा भाग लिएको बताउँछन् । उनको लक्ष्य एक्टर बन्ने रहेको छ । त्यसका लागि सुरुवाती पाइला मोडलिङबाट चालेको उनी बताउँछन् । उनले मिस्टर नेपालमा पनि भाग लिइसकेका छन् । प्रतियोगिताको क्रममा गरिएको क्लास निकै उपयोगी भएको उनले बताए । 

३०) रितिषा ओली 


नेपालगञ्जकी रितिषा ओली ल्याब टेक्निसियन हुन् । उनी सानोमा लजालु स्वभावकी थिइन् । तर, उमेर बढ्दै जाँदा उनलाई मोडलिङ गर्ने रहर लाग्यो । ‘म उपयुक्त अवसरको खोजीमा थिएँ, रितिषा भन्छिन्, यो प्रतियोगितामा आफूमा भएको प्रतिभा प्रस्फूटन गर्न सकिन्छ भनेर नै भाग लिएको हुँ ।’ प्रतियोगिताका क्रममा भएका ग्रुमिङ क्लासले धेरै नै फाइदा भएको उनले बताइन् । आफूले पढेको विषय अनुसारको काम र मोडलिङ पनि सँगै लिएर अघि बढ्ने सोच उनले बनाएकी छिन् । 
 

३१) बिन्दा माझी 


विराटनगरकी बिन्दा माझी समाजशास्त्र र ग्रामीण विकासकी विद्यार्थी हुन् । उनको लुक मोडलिङका लागि पर्फेक्ट देखिन्छ । हाइट र फिगरले पनि उनलाई साथ दिएको छ । उनले यस अघि पनि मोडलिङ गरिसकेकी छिन् । केही बुटिकका लागि फोटो सुट पनि गरेकी छिन् । यसपटक उनी आफूमा भएको प्रतिभालाई पूर्ण रूपमा प्रस्तुत गर्ने तयारीका साथ यो प्रतियोगितामा भाग लिएको बताउँछिन् । माझी समुदायबाट मोडलिङ तथा ग्ल्यामर दुनियाँमा दर्बिलो उपस्थिति जनाउने उनको योजना छ । 

३२) सपना सापकोटा 


दाङकी सपना सापकोटाले प्लस टू गरेकी छिन् । उनी शिक्षिका हुन् । उनलाई मोडलिङमा सानैदेखि रुची थियो । मोडलिङको माध्यमबाट समाजमा दबिएर रहेका आवाजलाई बाहिर ल्याउने कार्य गर्ने उनको सोच रहेको छ । उनी पशु अधिकारका क्षेत्रमा पनि काम गर्न चाहन्छिन् । यो प्रतियोगितामा भाग लिएर उनले आफूलाई ग्रुमिङ हुन निकै मद्दत पुगेको बताइन् । 
 

३३) इन्दिरा बस्नेत 


बुटवलकी इन्दिरा बस्नेत कलाकार हुन् । उनले केही वेब सिरिजमा अभिनय गरेकी छिन् । मोडलिङ सम्बन्धी ज्ञान हासिल गर्न उनी यो प्रतियोगितामा भाग लिएको बताउँछिन् । विशेष गरेर र्‍याम्प मोडलिङ सम्बन्धी ज्ञान प्राप्त हुने भएकाले मैले यो प्रतियोगितामा भाग लिएको हुँ, इन्दिरा भन्छिन् । उनी विवाहित महिला भएकाले भविष्यमा आफूजस्तै महिलाहरू जो आफूलाई रुची भएको क्षेत्रमा लाग्न सकेका छैनन् उनीहरूका लागि सहयोग गर्ने बताउँछिन् । 

 

प्रतिक्रिया