भारतीय टीभी च्यानल जी न्यूजले भ्रामक अभियानको थालनी गरेको घोषणा गरेको छ । च्यानलबाट मंगलबार प्रशारित कार्यक्रममा नेपालमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम फेर्नेदेखि सगरमाथा आफ्नो भएको दाबी प्रस्तुत गरेको छ ।
च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथामै पुगेर यसको नाम ‘माउन्ट सिकदर’ र यो भारतको भएको दाबी भारतले गर्नुपर्ने बताएका हुन् ।
चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता केही दिनअघि च्यानल मार्फत प्रशारण गरेका थिए । त्यसलगत्तै नेपालमा अवस्थित सर्वोच्च शिखर सगरमाथा भारतले दाबी गर्नुपर्ने अभियानमा सामेल हुन भारतीय आग्रह गरेका हुन् ।
‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, उनले भनेका छन् ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’
कार्यक्रममा सगरमाथा भारतको राष्ट्रियता जगाउने अद्भुद शिखर भएको चौधरीले बताएका छन् । उनले सगरमाथालाई पृष्ठभूमि बनाएर खिचिरहेको अवस्थामा आफू र भिडियोग्राफर मात्र रहेको पनि बताएका छन् ।
जी न्यूजले यसअघि पनि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भू–भाग रहेको दाबी गरेको थियो । लगत्तै नेपाली दर्शकले च्यानलमाथि बहिष्कार अभियान चलाएका थिए ।
भिडियो: