सुरक्षा पन्तको आक्रोश–  देश थाम्न बसेका दिमागमा केले घोच्ने हो ? 

राम्रो अनलाइन     ०१ माघ २०७९, आइतबार
सुरक्षा पन्तको आक्रोश–  देश थाम्न बसेका दिमागमा केले घोच्ने हो ? 

अभिनेत्री सुरक्षा पन्त अभिनयमा मात्र अब्बल छैनन्, सामाजिक तथा राजनीतिक मुद्दामा पनि उनको गहिरो चासो हुने गरेको छ। उनी विभिन्न समयमा सामाजिक सञ्जालमार्फत् विभिन्न समसामयिक विषयमा टिप्पणी गरिरहन्छिन्। 

उनले आइतबार फेसबुकमा नेपालमा अनुसन्धान गर्ने माहोल नभएको  तथा नेपालको उड्डययन क्षेत्र र सम्बन्धित निकायले हावादारी र कामचलाउ पाराले काम गर्ने गरेको महसुस भएको भन्दै चिन्ता व्यक्त गरिन्।

उनले आविष्कार केन्द्रमा काम गर्ने एरोनोटिकल इन्जिनियरसँग शनिबार साँझ ३ घण्टा कुरा गरेको प्रसंग फेसबुकमा उल्लेख गरेकी छन्।

ती इन्जिनियरले सुरक्षालाई गरेको गुनासो उल्लेख गर्दै भनिन्, ‘सिस्टम सेक्युरिटी र अपग्रेडेड टेक्नोलोजी हामी आफैं पनि बनाउन सक्छौं तर केही सहयोग र हौसला छैन, न त रिसर्च गर्ने माहोल छ, न त नेपालको भूगोल अनुसार प्रविधि उत्पादन गर्न पैसा लगानी गर्ने प्रयास। नेपालको उड्डययन क्षेत्र र सम्बधित निकाएले कति हावादारी र कामचलाउ पाराले काम गर्छ भनेर महसुस भयो र कोठा फर्किएँ रिस,नैरास्यता अनि दिक्क लागेर।’

उनी थप्छिन्, ‘माफ गर्नु होला भन्न मन त थिएन तर हामी ‘तोर्पे’ हुँदैछौं दिन प्रतिदिन। दिमाग चलाउन खर्च गरौं भन्दा दिमाग नचल्ने, देश थाम्न बसेका दिमागमा के ले घोच्ने होरु यस्तो नमज्जा लागिरहेको छ कि के भन्नु ’ 

प्रतिक्रिया