कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहन्छिन् सुहाना 

राम्रो अनलाइन     ३० फागुन २०७८, सोमबार
कृष्णजस्तो ब्वाइफ्रेन्ड, रामजस्तो हज्बेन्ड चाहन्छिन् सुहाना 

 

काठमाडौँ– नेपाली अभिनेत्री सुहाना थापाले भगवान् कृष्णजस्तो ब्वाइफ्रेन्ड (केटा साथी) र भगवान् रामजस्तो हजबेन्ड ९लोग्ने० चाहना रहेको बताएकी छन्। एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा उनले सो कुरा खुलाएकी हुन्। 

भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्। 

‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’

सुहाना वैशाख १ मा रिलिज हुने फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा व्यस्त छिन्। त्यसका लागि उनी यति बेला बंगलादेश पुगेकी छन्।

प्रतिक्रिया