व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित

 

धरान–  शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट परस्त आम्दानी भएको बताए । गत वर्षको तुलनामा यस वर्ष उाले अधिक आम्दानी गरेकी हुन् । चालिस वर्षदेखि उनी अदुवाखेती गर्दै आइरहेकी छिन् ।  

पूर्वशिक्षक राईले वर्षमा सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताइन् ।  अहिले खुद्रा प्रतिकेजी रु एक सय ५० देखि दुई सय ८०  सम्ममा बिक्री हुने गरेकाले राम्रो आम्दानी हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, 'अदुवाखेती गर्नका लागि अलि भिरालो ठाउँ फोस्रो माटो आवश्यक पर्छ, ठाउँअनुसार राम्रो उत्पादन भइरहेको छ ।'

हाल विष्णुपादुकामा अदुवाखेती गर्ने दुई सय बढी किसान रहेका राईले बताए । उनी सो स्थानका सफल व्यवसायी हुन् । उनले विष्णुपादुकामा रहेर अदुवाखेतीबाहेक अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादन तालिम दिँदै आइरहेकी छिन् । 

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आउनुभएका धरान उपमहानगरपालिका–२० का अर्का किसान पदम राई मौसमले साथ दिँदा अदुवाखेतीबाट मनग्य आम्दानी हुने गरेको बताउँछिन् । उनले वार्षिक १० क्विन्टलभन्दा बढी अदुवा उत्पादन गर्दै आएकाे बताइन्  । उनले विष्णुपादुका क्षेत्रमा मात्र नभएर मोरङको लेटाङमा समेत जग्गा लिजमा लिएर अदुवाखेती गरेकी छिन् । वार्षिक रु तीन लाखसम्मको अदुवा बेचेको उनले सुनाइन् । 

विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । उनले कोशी कोरिडोरका पहाडी जिल्लाका किसानले अत्यधिक मात्रामा अदुवा ल्याउने गरेका तथा सगरमाथा कोरिडोर सिन्धुलीबाट पनि अदुवा बोकेर किसान आउने गरेका बताइन् । विशेषगरी धेरै अदुवा जेठदेखि  भदौसम्म बिक्री हुने गरेको जानकारी उनले दिए । 

दैनिक रूपमा एक सयदेखि दुई सय मेट्रिकटन अदुवा धरान कृषि बजारबाट बिक्री हुने गरेको उनले बताए । विसं २०८० असार मसान्त देखि २०८१ जेठ १० गतेसम्ममा धरान उपमहानगरपालिका १३ कृषिबजारबाट जम्मा सात हजार आठ सय सन्ताउन्न मेट्रिकटन अदुवा बिक्रीबाट रु एक अर्ब ३७ करोड ४९ लाख ७५ हजार आम्दानी भएको अध्यक्ष लक्ष्मण भट्टराईले बताए । 

अदुवा निकासीमा सरकारको सहयोग अपरिहार्य भएको उहाँ बताउनुहुन्छ । बेलाबेलामा धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, पाँचथर, ताप्लेजुङलगायत ठाउँबाट किसानले अदुवा ल्याउने गरेका छन् । भारत मात्र नभएर तेस्रो देश निर्यातको गृहकार्य गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए । अदुवाको बजार उत्साहजनक भएकाले अधिकभन्दा अधिक उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी भएको उनी बताउँछन् ।

प्रतिक्रिया